Date

बिहि, चैत्र २७, २०८१
Thu, April 10, 2025

अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीबीच दुई देशबीचको व्यापार असन्तुलन कम गर्ने सहमति

अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीबीच दुई देशबीचको व्यापार असन्तुलन कम गर्ने सहमति

काठमाडाैं, २ फागुन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएकाे छ । वाशिङटनमा भएको भेट वार्तामा दुई देशबीचको व्यापार असन्तुलन कम गर्न दिल्लीले थप अमेरिकी तेल तथा ग्यास खरिद गर्ने सहमतिको घोषणा भएकाे छ ।

माेदिले भारतको ऊर्जा सुरक्षा सुनिश्चित गर्न तेल र ग्यासको व्यापारमा ध्यान केन्द्रित गर्नुका साथै परमाणु ऊर्जामा थप लगानी गर्ने वाचा गरेकाे बिबिसीले जनाएकाे छ ।

यसअघि ट्रम्पले अमेरिकी सामानहरूमा विदेशी आयात करहरूलाई प्रत्येक देशले लगाएको दर बराबरको जवाफ दिने प्रस्ताव राखे पनि भारतिय प्रधानमन्त्री माेदीसँग उक्त प्रसंग उठेन । भेटमा ट्रम्पले अमेरिकाले भारतलाई सैन्य हार्डवेअरको बिक्री करोडौँ डलरले बढाउने र दिल्लीलाई एफ ३५ लडाकु जेट समेत दिने बताए।

उक्त भेटमा अन्तरिक्ष यात्रा, आर्टिफिसियल इन्टेलिजेन्स र ऊर्जा उत्पादनमा साझेदारी लगायतका आआफ्ना देशहरूबीचको व्यापार बढाउने सहमति भएकाे बताइएकाे छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x