Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

जीवन बीमा कम्पनीहरु बैंकिङ क्षेत्रमा संस्थापक सेयरमा ठूलो लगानी गर्दै

जीवन बीमा कम्पनीहरु बैंकिङ क्षेत्रमा संस्थापक सेयरमा ठूलो लगानी गर्दै

काठमाडाैं, ११ फागुन । नेपालको बैंकिङ क्षेत्रमा लगानीको प्रतिफल घट्दै गएको बेला जीवन बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयरमा ठूलो मात्रामा लगानी गर्दै आएका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमास (पुस मसान्त) सम्ममा जीवन बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयरमा १५ अर्ब ५१ करोड ३२ लाख रुपैयाँ लगानी गरेका छन्, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.७५ प्रतिशतले बढी छ ।

नेपाल बिमा प्राधिकरणका अनुसार, १४ वटा जीवन बीमा कम्पनीमध्ये १२ वटाले यस क्षेत्रमा लगानी गरेका छन्, जसमा नेपाल लाइफले ४ अर्ब ९७ करोड ४८ लाख १६ हजार, एशियन लाइफ इन्स्योरेन्सले ३ अर्ब ८८ करोड ५६ लाख ४० हजार, नेशनल लाइफले १ अर्ब ६४ करोड ८३ लाख ९३ हजार, र लाइफ इन्स्योरेन्स कर्पोरेशनले १ अर्ब ३८ करोड ५३ लाख ८६ हजार, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १५ करोड ८३ लाख १६ हजार, हिमालयन लाइफ इन्स्योरेन्सले ४५ करोड र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ९५ लाख ६० हजार रुपैयाँ लगानी गरेका छन् । बैंकिङ क्षेत्रमा प्रतिफल घटेर औसत ८ प्रतिशतमा पुगेको छ, जसले गर्दा पुराना संस्थापक सेयरधनीहरु बैंकबाट बाहिरिँदै गएका छन् । यसै बीचमा, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (वाफिया) संशोधन विधेयक संसदमा दर्ता भएको छ, जसले बैंकर र व्यवसायीहरुलाई छुट्याउने व्यवस्था गरेको छ । यसले गर्दा बैंकिङ क्षेत्रमा नयाँ लगानीकर्ताको रूपमा जीवन बीमा कम्पनीहरु अगाडि आएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x