सात महिनामा १० अर्ब ५८ कराेड रूपैयाँकाे चामल आयत

काठमाडाैं, १२ फागुन । चालु आर्थिक वर्षको सात महिनामा ३६ अर्ब ३५ करोड रुपैयाँ बराबरको खाद्यान्न आयत भएकाे छ । चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म १० अर्ब ५८ कराेड रूपैयाँकाे चामलमात्रै आयत भएकाे छ । यस्तै यस अवधिमा १४ अर्ब ५२ कराेड रूपैयाँकाे धान र ५ कराेड रूपैयाँकाे मकै आयत भएकाे छ ।
भन्सार विभागका अनुसार सात महिनामा २ खर्ब तिन अर्ब रूपैयाँ बराबरकाे कृषिजन्य वस्तुकाे आयत भएकाे छ । यस अवधिमा ५ अर्ब ४८ करोड रुपैयाँको आलु, २ अर्ब १३ करोड रुपैयाँको प्याज, ६ अर्ब ८१ करोड रुपैयाँको लसुन, २५ अर्ब रुपैयाँको तरकारी, ३ अर्ब ९७ करोड रुपैयाँको दाल, १२ अर्ब ३२ करोड रुपैयाँको फलफूल, १६ अर्ब ४२ करोड रुपैयाँको कृषिजन्य औद्योगिक कच्चा पदार्थ, ५ अर्ब ४९ करोड रुपैयाँको चिया, कफी, २ अर्ब ६१ करोड रुपैयाँको चिनी तथा चिनीजन्य कन्फेक्सनरी, ९० करोड ८४ लाख रुपैयाँको डेरीजन्य पदार्थ आयात भएको छ ।