नेपाल बिमा प्राधिकरण अध्यक्षमा शरद ओझा नियुक्त

काठमाडाैं, १३ फागुन । नेपाल बिमा प्राधिकरण अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । साेमबारकाे मन्त्रिपरिषद्काे बैठकले ओझा लाई प्राधिकरण अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
अध्यक्ष पदका लागि ओझासहित रामशरण पुडासैनी र दामोदर बसौलाको नाम मन्त्रिपरिषदमा सिफारिस भएको थियो । त्यसअघि १२ आवेदकमध्ये चिरञ्जीवी चापागाईं र कमल प्रसाद रेग्मी पनि सर्टलिस्टमा परेका थिए । ओझा ११ प्रतिस्पर्धीलाई पछि पार्दै अध्यक्ष बनेका हुन् ।
सर्टलिस्टमा परेका ५ जनाको प्रस्तुतीकरण र अन्तर्वार्ताबाट ओझा, पुडासैनी र बसौला सिफारिस भएका हुन् । जसमध्ये ओझाले बाजी मारे ।