Date

बिहि, जेष्ठ २९, २०८२
Thu, June 12, 2025

माघ महिनामा २६ करोडभन्दा बढीको सिमेन्ट र क्लिङ्कर निर्यात

माघ महिनामा २६ करोडभन्दा बढीको सिमेन्ट र क्लिङ्कर निर्यात

काठमाडौं, १३ फागुन । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा नेपालले १ अर्ब ६४ करोड १० लाख ३९ हजार रुपैयाँको ११ लाख ५३ हजार ४१० मेट्रिक टन सिमेन्ट र क्लिङ्कर निर्यात गरेको छ । यसअनुसार, पुस मसान्तसम्ममा १ अर्ब ३७ करोड ९० लाख ७७ हजार रुपैयाँको सिमेन्ट र क्लिङ्कर निर्यात भएको थियो । माघ महिनामा मात्रै २६ करोड १९ लाख ६२ हजार रुपैयाँको सिमेन्ट र क्लिङ्कर निर्यात भएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार, माघ महिनामा ५५ करोड १५ लाख १ हजार रुपैयाँको ४ लाख ६४ हजार ७७७ मेट्रिक टन क्लिङ्कर निर्यात भएको छ । यस्तै, १ अर्ब ८ करोड ९५ लाख ३७ हजार रुपैयाँको ६ लाख ८८ हजार ६३२ मेट्रिक टन सिमेन्ट निर्यात भएको छ ।

यसले गर्दा एक महिनामै २६ करोडभन्दा बढीको सिमेन्ट र क्लिङ्कर निर्यात भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *