Date

बुध, चैत्र १९, २०८१
Wed, April 2, 2025

नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझाले लिए सपथ (तस्विरहरू)

नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझाले लिए सपथ (तस्विरहरू)

काठमाडाैं, १३ फागुन । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । मंगलबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा ओझाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष सपथ लिएका हुन् ।

उनलाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री, अर्थ सचिव धनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे लगायतले बधाई तथा सफलता कार्यकालको शुभकामना दिएका थिए ।

ओझालाई हिजोको मन्त्रिपरिषद्को बैठकले बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x