Date

शुक्र, बैशाख ५, २०८२
Fri, April 18, 2025

याे साता करिब ३ प्रतिशतले बढ्याे सेयर, बजार पूँजिकरण ४६ खर्ब ७४ अर्ब माथि

याे साता करिब ३ प्रतिशतले बढ्याे सेयर, बजार पूँजिकरण ४६ खर्ब ७४ अर्ब माथि

काठमाडाैं, १७  फागुन । याे साता सेयर बजार ७२ अंक अर्थात् २.६ प्रतिशतले बढेको छ । गत साता २ हजार ७ सय ४३  दशमलव ७४ बिन्दुमा रहेकाे बजार यस साता निरन्तर बढेर २ हजार ८  सय १५ दशमलव ०४ बिन्दुमा पुगेकाे छ ।

यो साता कारोबार भएका चारै दिन बजार बढ्यो । बुधबार बन्द रहेकाे बजार पहिलो दिन आइतबार ११.६६ अंक, सोमबार ३.३५, मंगलबार ७.१३ र बिहीबार ४९.१५ अंक बढ्यो ।

गत साता औसतमा ९ अर्ब ६४ करोड ६१ लाख रुपैयाँभन्दा बढीको १ करोड ८२ लाख ३३ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता औसतमा १० अर्ब ९८ करोड ३८ लाख रुपैयाँभन्दा बढीको २ करोड १५ लाख ९५ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।

बजार बढ्दा कुल बजार पूँजीकरण ४६ खर्ब ७४ अर्ब २४ करोड ८९ लाख रुपैयाँ कायम भएको छ । गत साताको अन्तिम कारोबार दिन कुल बजार पूँजीकरण ४५ खर्ब ५४ अर्ब ८१ करोड ५१ लाख रुपैयाँ थियो । यो साताको कारोबारमा कुल बजार पूँजीकरण १ खर्ब १९ अर्ब ४३ करोड ३८ लाख रुपैयाँले बढेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x