डा‍‌. केसीलाइ लिन गएको टोलीलाई अस्पताल प्रवेशमा रोक

जुम्ला ३ साउन । अनसनरत डा गोविन्द केसीलाई काठमाडौं ल्याउन जुम्ला पुगेको सरकारी टोलीलाई स्थानीय र अस्पतालका कर्मचारी, विद्यार्थीहरु अवरोध गरेका छन् । डा केसीको माग पुरा नगरी अपहरण गरेर अनसन तुहाउन लागेको भन्दै जुम्लाका स्थानीयले मानव साँङ्गलो बनाएर सरकारी टोलीलाई अस्पताल परिसरमा प्रवेश गर्न  दिएका छैनन्। उनीहरुले डा केसीको माग पुरा नगरी जबरजस्ती काठमाडौं लैजान लागिएको भन्दै सरकारी टोलीलाई प्रवेश गर्न दिएका छैनन् । बल प्रयोग गरेर भएपनि केशीलाइ काठमाडौ लगिने तयारीमा सरकार रहेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *