Shangrila

राष्ट्रिय बाणिज्य बैंक कर्मचारी संघको २९ औं बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

काठमाण्डौं, ३ साउन । राष्ट्रिय बाणिज्य बैंक लिमिटेड कर्मचारी संघले २९ औं बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमा आयोजना गरेको छ । केन्द्रिय कार्यालय सहित काठमाडौं उपत्यका भित्रका विभिन्न शाखा कार्यालयबाट १ सय १५ जना भन्दा बढीले रक्तदान गर्ने बताइएको छ ।

कार्यक्रमको राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार क्षेष्ठले उद्घाटन गरे । कार्यक्रम ११ बजे देखी ३ बजे सम्म चल्ने जनाइएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार क्षेष्ठले कर्मचारी संघले व्यवसायीक गतिबिधिका अलावा मानविय कार्यमा लागेकोमा खुशी व्यक्त गदै यसले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए । साथै बैंकले बार्षिकोत्सवका अवसरमा यस अघि पनि रक्तदान तथा खेलकुद जस्ता कार्यक्रा गर्दै आएको र आगामी दिनहरुमा पनि निरन्तरता दिदै जाने उनले बताए ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *