Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

युरोमनी एक्सिलेन्स–उत्कृष्ट बैंक पुरस्कार नेपाल इन्भेष्टमेण्ट बैंकलाई प्रदान

युरोमनी एक्सिलेन्स–उत्कृष्ट बैंक पुरस्कार नेपाल इन्भेष्टमेण्ट बैंकलाई प्रदान

काठमाडौं, ३ साउन । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले युरोमनी एक्सिलेन्स–उत्कृष्ट बैंक नेपाल २०१८ अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ । प्रतिष्ठित अंगे्रजी आर्थिक मासिक पत्रिका युरोमनीले हङकङमा एशियाका पाँच सय बढी विशिष्ट पाहुना सहभागी एक समारोहको बीच बैंकले प्राप्त गरेको पुरस्कार बैंकका निर्देशक भुवनेश्वरप्रसाद शाहलाई प्रदान गरेको हो । नेपाल इन्भेष्टमेण्ट बैंकले यो अवार्ड पहिलो पटक प्राप्त गरेको हो ।

सन् १९६९ मा पहिलो पटक प्रकाशित युरोमनी म्यागाजिनका शेयर होल्डरहरुले शुरु गरेको यो पुरस्कार, संस्थाको सेवा, सुविधा तथा वित्तिय अवस्थाकाबारे विस्तृतमा अध्ययन तथा अनुसन्धान गरेपछिमात्र प्रदान गर्ने गरेको बताइएको छ । यस बर्षको पुरस्कारका लागि १५ सयभन्दा बढी वित्तिय संस्थाहरुले राष्ट्रिय, क्षेत्रिय तथा विश्वव्यापी रुपमा सहभागिता जनाएका थिए ।

आठ लाख ७० हजार भन्दा बढी उपभोक्ता रहेको यस बैंकले हाल ७७ वटा शाखा तथा १०४ वटा एटिएम छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको बैंकको ५७ वटा शाखारहित बैंकिङ सुविधाका साथै बैंकको संजालमा ७९० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x