Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

पोखरा विमानस्थल निर्माण तीन बर्ष भित्र सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

पोखरा विमानस्थल निर्माण तीन बर्ष भित्र सम्पन्न गर्न  प्रधानमन्त्रीको निर्देशन

कास्की, ३ साउन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले  पोखरा विमानस्थलको निर्माण कार्य तीन बर्ष भित्र सम्पन्न गर्न निर्देशन दिएका छन् । गण्डकी प्रदेशको प्रदेश सभालाइ संवोधन गर्न पोखरा पुगेका प्रधानमन्त्रीले गौरवको आयोजनाका रुपमा रहेको सो विमान स्थलको निर्माण कार्य सम्पन्न गरि तीन बर्ष भित्र संचलनमा ल्याउन निर्देशन दिएका हुन  । ‘पोखरा विमानस्थलको आफ्नै महत्व छ । जसरी भए पनि तोकिएको समयमा पूरा हुनुपर्छ । कुनै पनि बहानामा ढिलाइ गर्न पाइँदैन र मिल्दैन ।” प्रधानमन्त्रीले भने  प्रधानमन्त्री ओलीले विमानस्थलका लागि थप जग्गा आवश्यक पर्ने भए अधिग्रहण गर्नसमेत सम्बद्ध निकायलाई निर्देशन दिनुभएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

विमानस्थलको हाल १५ प्रतिशत निर्माण कार्य सकिएको छ । सन् २०१९ को अन्त्यसम्ममा ५५ प्रतिशत भौतिक प्रगति हुने अनुमान गरिएको छ । यस्तै सन् २०२० को अन्त्यसम्ममा ८५ प्रगति हुने र सन् २०२१ को जुनसम्म सम्पूर्ण भौतिक तथा अन्य कार्य सम्पन्न हुने गरी कार्ययोजना तयार गरिएको र सन् २०२१ अर्थात् आगामी तीन वर्षदेखि हवाई सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।विमानस्थल निर्माणको लागत करीब २२ अर्ब रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x