Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

प्रोत्साहन भत्ता खारेज भएसँगै १० बजे मात्र कार्यालय !

प्रोत्साहन भत्ता खारेज भएसँगै  १० बजे मात्र कार्यालय !

काठमाडौ, ४ ।  सरकारले साउन १ गते देखि  कर्मचारीलाइ दिदै आएको प्रोत्साहन प्रणाली  खारेज गरेको छ । गत मंगलबार बाट खारेज भएको यस प्रणालीसँगै ९ बजे कार्यालयमा आउने कर्मचारीहरु १० बजेबाट आउन सुरुगरेका छन् । बेलुका ५ बजे नै कार्यालय निस्किने गरेका छन् । यस अघि कर्मचारीले विहान र १ घण्टा वेलुका १ घण्टा गरि अतिरिक्त २ घण्टा काम गरेवापत तलबको ५० प्रतिशत देखि १०० प्रतिशत सम्म भत्ता लिदै आएका थिए । दिनको दुइ घण्टा अतिरिक्त कामगरेर पाउदै आएको तलव बरावरको भत्ता नपाउने पछि कर्मचारी रुष्ट बनेका हुन । यसबाट प्रशासन क्षेत्रमा भन्दा पनि मुख्य गरी अर्थ, राजश्व, भन्सार, अदालत न्याय कानुन संवैधानिक निकय लगायतका कार्यालयमा कार्यरत कर्मचारी रुष्ट भएका छन् । तर  कतिपय कर्मचारीहरुले भने समानता कायम गरिएको बताएका छन् । राज्यले एउटै प्रतिसप्रर्धाबाट छानिएर आएका एकै दर्जाका कर्मचारीलाइ कसैलाइ भत्ता दिने कसैलाइ नदिने गर्दै आएको थियो यो सौतनी ब्यावहार अन्तय भएको छ । जिल्ला हुलाक कार्यालय नुवाकोट काम गर्ने एक कर्मचारीले भने ।  प्रोत्साहान काम बढी गर्नेले पाउने हो सेवा समुह कार्यालय छानेर होइन । उनले थपे

मन्त्रिपरिषद्बाट गत वैशाख २६ मा स्वीकृत सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्नेसम्बन्धी नीतिगत मार्गदर्शन, २०७५ ले साउन १ गतेबाट लागू हुने गरी प्रोत्साहन भत्ता कटौती गरेको थियो । सार्वजनिक निकायका पदाधिकारीले कार्यालय समयमा हुने कुनै पनि सार्वजनिक निकायको बैठक वा कार्यक्रममा प्रतिनिधित्व गर्दा बैठक भत्ता वा अन्य कुनै सुविधा लिन नहुनेसमेत मार्गदर्शनमा उल्लेख छ । तर यो ब्यवस्था अझै लागु भएको छैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x