लगातार तेस्रो दिन पनि घट्यो सेयर बजार, कारोबार रकम १० अर्बमा खुम्चियो

काठमाडाैं, २१ फागुन । लगातार आज तेस्राे दिन पनि सेयर बजारमा गिरावट आएकाे छ । मंगलबार ३०.३६ अंकले घटेकाे सेयर बजार मापक नेप्से परिसूचक २५.१६ अंकले घटेर २ हजार ८ सय २१ दशमलव १३ विन्दुमा झरेकाे छ ।
यस्तै आज काराेबार रकम पनि घटेकाे छ । आज ३०८ कम्पनीको २ करोड ३३ लाख ४३ हजार कित्ता सेयर किनबेच हुँदा १० अर्ब ९७ करोड २६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिजाे २ करोड ६३ लाख ८९ हजार ९१० कित्ता सेयर १२ अर्ब ९४ करोड ६४ लाख ९३ हजारमा कारोबार भएको थियाे ।
आज व्यापार बाहेक सबै समूहको शेयर घटेको छ भने बैंक, विकास बैंक, फाइनान्स, होटल, लगानी, बीमा समूहको शेयर १ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज समग्रमा बजार घटेको दिन समाज लघुवित्त र गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ भने ग्रीन विकास बैंकको शेयर साढे ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।