अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक वर्षमा १९ डलरसम्म घट्यो

काठमाडाैं, २५ फागुन । अन्तर्राष्ट्रिय बजारमा क्रुड आयल (कच्चा तेल) को मूल्यमा उल्लेखनीय गिरावट आएको छ। एक वर्षको अवधिमा क्रुड आयलको मूल्य प्रति ब्यारेल १९ डलरसम्म घटेको छ।
पछिल्लो वर्षको मार्च महिनामा वेस्ट टेक्सास इन्टरमिडिएट (WTI) कच्चा तेल प्रति ब्यारेल ७७.९ डलरमा कारोबार भइरहेको थियो, जुन हाल ६७ डलरमा झरेको छ। यसैगरी, ब्रेन्ट कच्चा तेलको मूल्य पनि एक वर्षअघिको ८९.७ डलरबाट घटेर अहिले ७०.४ डलरमा आइपुगेको छ।
अमेरिकाको व्यापार नीतिमा आएको उतारचढावले पनि विश्व बजारमा प्रभाव पारिरहेको छ। अमेरिकामा उच्च दरका व्याज नीतिहरूका कारण तेलको माग घटेको छ भने हाइड हाउसले रुसमाथि लगाइएको तेल प्रतिबन्धलाई केही खुकुलो पार्ने संकेत दिएको छ।
नेपालमा पेट्रोल र डिजेलको मूल्य घट्यो
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा नेपालमा पनि इन्धनको मूल्यमा प्रभाव परेको छ। एक वर्षअघिको तुलनामा पेट्रोलको मूल्य प्रतिलिटर १२९ रुपैयाँ रहेकोमा हाल १६५ रुपैयाँ पुगेको छ। त्यसैगरी, डिजेलको मूल्य १८५ रुपैयाँबाट घटेर १५३ रुपैयाँमा झरेको छ।