आइतबार सुनकाे मूल्य बढ्याे, कतिमा हुँदैछ काराेबार ?

काठमाडाैं, २५ फागुन । आइतबार नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ भने चाँदीकाे मूल्य घटेकाे छ । शुक्रबार ताेलामा ५ सय रूपैयाँले घटेकाे सुनकाे मूल्य आज ताेलामा १ सय रूपैयाँले बढेकाे छ ।
नेपाली सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाला सुन १ लाख ७० हजार ३ सय रूपैयाँमा काराेबार भइरहेकाे छ । गत शुक्रबार छापावाला सुन १ लाख ७० हजार २ सय रूपैयाँमा काराेबार भएकाे थियाे ।
त्यस्तै, आइतबार चाँदी १ हजार ९ सय ८५ रूपैयाँमा काराेबार भइरहेकाे छ । गत शुक्रबार चाँदी १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भएकाे थियाे ।