पुसमा ३१ करोडकाे क्रस बोर्डर काराेबार

काठमाडौं, २५ फागुन । पुस महिनामा मात्र करिब ३१ कराेड भन्दा बढिकाे क्रस बाेर्डर भुक्तानी भएकाे छ । नेपाल राष्ट्र बैंककाे तथ्यांक अनुसार डिजिटल बैंकिङका माध्यमबाट पुसमा ३१ कराेड ४ लाख रूपैयाँ बराबरकाे क्रस बाेर्डर काराेबार भएकाे छ ।
मंसिर महिनाकाे तुलनामा पुसमा उल्लेखनीय रूपमा क्रस बाेर्डर भुक्तानी बढेकाे हाे । राष्ट्र बैंकद्वारा प्रकाशित २०८१ मंसिर र पुष महिनाको भुक्तानी प्रणाली सूचकांक प्रतिवेदन अनुसार, २०८१ मंसिर महिनामा, ५६,७१२ वटा कारोबार गरी १९ कराेड ३ लाख रुपैयाँ बराबरको भुक्तानी गरिएको थियो ।
त्यसैगरी, २०८१ पुष महिनामा ८९,१८६ वटा कारोबार गरी ३१ कराेड ४ लाख रुपैयाँ बराबरको रकम कारोबार भयो । यसले देखाउँछ कि एक महिनामा मात्रै कारोबारको संख्या करिब १७ प्रतिशतले बढेको छ, भने कारोबार रकम ६२.७ प्रतिशतले वृद्धि भएको छ ।