७ महिनामा कुल आन्तरिक कर्जा १.३ प्रतिशतले बढ्याे

काठमाडाैं, २७ फागुन । आर्थिक वर्ष २०८१÷८२ को ७ महिनामा कुल आन्तरिक कर्जा १.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ३.२ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८१ माघ मसान्तमा यस्तो कर्जा ४.३ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी २०.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ७.२ प्रतिशतले घटेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८१ माघ मसान्तमा यस्तो दाबी १०.१ प्रतिशतले घटेको छ ।
समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ६.० प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ५.१ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८१ माघ मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ७.० प्रतिशतले बढेको छ ।