Date

बुध, फाल्गुन २८, २०८१
Wed, March 12, 2025

मंगलबार घट्याे सुन-चाँदीकाे भाउ, कतिमा हुँदैछ काराेबार ?

मंगलबार घट्याे सुन-चाँदीकाे भाउ, कतिमा हुँदैछ काराेबार ?

काठमाडाैं, २७ फागुन । मंगलबार नेपाली बजारमा सुन-चाँदीकाे मूल्य घटेकाे छ । साेमबार ताेलामा १ सय रूपैयाँले बढेकाे सुनकाे मूल्य आज ताेलामा ५ सय रूपैयाँले घटेकाे छ ।

नेपाली सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाला सुन १ लाख ६९ हजार ९ सय रूपैयाँमा काराेबार भइरहेकाे छ । साेमबार छापावाला सुन १ लाख ७० हजार ४ सय रूपैयाँमा काराेबार भएकाे थियाे ।

त्यस्तै, मंगलबार चाँदी १ हजार ९ सय ७० रूपैयाँमा काराेबार भइरहेकाे छ । साेमबार चाँदी १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएकाे थियाे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x