बुधबार बढ्याे सुन-चाँदीकाे मूल्य, कतिमा हुँदैछ किनबेच?

काठमाडाैं, २८ फागुन । बुधबार नेपाली बजारमा सुन-चाँदीकाे मूल्य बढेकाे छ । मंगलबार ताेलामा ५ सय रूपैयाँले घटेकाे सुनकाे मूल्य आज ताेलामा ६ सय रूपैयाँले बढेकाे छ ।
नेपाली सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाला सुन १ लाख ७० हजार ५ सय रूपैयाँमा काराेबार भइरहेकाे छ । मंगलबार छापावाला सुन १ लाख ६९ हजार ९ सय रूपैयाँमा काराेबार भएकाे थियाे ।
त्यस्तै, बुधबार चाँदी २ हजार रूपैयाँमा काराेबार भइरहेकाे छ । मंगलबार चाँदी १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भएकाे थियाे ।