शुक्रबार ताेलामा ४ हजार रूपैयाँले बढ्याे सुनकाे मूल्य

काठमाडाैं, १ चैत । शुक्रबार नेपाली बजारमा सुनकाे मूल्यले नयाँ रेकर्ड कायम गरेकाे छ । बुधबार ताेलामा ६ सय रूपैयाँले बढेकाे सुनकाे मूल्य आज ताेलामा ४ हजार रूपैयाँले बढेकाे छ ।
नेपाली सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाला सुन १ लाख ७४ हजार ५ सय रूपैयाँमा काराेबार भइरहेकाे छ । बुधबार छापावाला सुन १ लाख ७० हजार ५ सय रूपैयाँमा काराेबार भएकाे थियाे ।
त्यस्तै, चाँदी २ हजार ५० रूपैयाँमा काराेबार भइरहेकाे छ । बुधबार चाँदी २ हजार रुपैयाँमा कारोबार भएकाे थियाे ।