Date

सोम, चैत्र ३, २०८१
Mon, March 17, 2025

२ करोड ४४ लाखबाट सुरु भएको नागरिक लगानी कोषमा कसरी भयो ६ अर्ब ४८ करोड पुँजी

२ करोड ४४ लाखबाट सुरु भएको नागरिक लगानी कोषमा कसरी भयो ६ अर्ब ४८ करोड पुँजी

काठमाडौँ, ४ चैत्र । नागरिक लगानी कोषले चालू आर्थिक वर्षको पुस मसान्तसम्म दुई खर्ब रुपैयाँभन्दा बढी लगानी गरेको जनाएको छ ।

कोषको ३५औँ वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा कोषका अध्यक्ष प्रा.डा. सूर्यबहादुर थापाले चालू आर्थिक वर्षको पुस मसान्तसम्म कोषले सञ्चालन गरेको आयोजनामा २ खर्ब ६४ अर्ब ७८ करोड लगानी गरेको जानकारी दिएका हुन्।

उनले सोही अवधिमा दुई खर्ब ७३ अर्ब ७२ करोड वित्तीय स्रोत संकलन गर्न कोष सफल भएको बताए। उनले आगामी दिनमा मुलुकको आर्थिक वृद्धिदरमा टेवा पु¥याउनुका साथै रोजगारी सिर्जना गर्न कृषि, पूर्वाधार, उत्पादनमूलक क्षेत्र, उद्योग, पर्यटनलगायत क्षेत्रमा पनि लगानी गनुपर्ने आवश्यकता रहेको बताए।

कार्यक्रममा अर्थसचिव घनश्याम उपाध्यायले कोषलाई सेवाप्रतिको जवाफदेहिता, पारदर्शिताका साथै सेवा सुधार गर्दै जानुपर्ने धारणा राखेका थिए। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोषको लगानी रोजगारी सिर्जना गर्ने र पूर्वाधार बढाउने कुराहरुमा केन्द्रित गर्नुपर्ने बताए।

कोष विसं २०४७ मा स्थापना भएको हो । स्थापनाकालमा दुई करोड ४४ लाख बचतबाट सुरु भएको संस्थामा अहिले ६ अर्ब ४८ करोडको चुक्ता पुँजी पुगेको छ । विभिन्न सातवटा ‘स्किम’हरु सञ्चालन गर्दै आएको छ । यी सबै कार्यक्रमबाट जगेडा कोषसहित २७३ अर्ब वित्तीय स्रोत संकलन गर्न सफल भएको छ । पुस मसान्तसम्म २६४ अर्ब विभिन्न क्षेत्रमा लगानी गरेको कार्यक्रममा जानकारी दिइएको थियो ।

साढे ६ लाख सहभागीलाई सेवा दिँदै आएको कोषले ‘सेयर डिबेञ्चर’हरुमा पनि लगानी गरेको जानकारी गराइएको थियो । कार्यक्रममा कोषका पूर्वअध्यक्ष डा. भोजराज घिमिरे, नेपाल वित्तीय संस्था कर्मचारी संघ, नागरिक लगानी कोषका अध्यक्ष अच्युतम पौडेल, कोषको कर्मचारी युनियनका अध्यक्ष नेत्रविक्रम थापालगायतले बोलेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x