Date

सोम, चैत्र ३, २०८१
Mon, March 17, 2025

साताकाे दाेस्राे दिन पनि घट्याे सेयर बजार, ५ अर्ब ४० करोडकाे काराेबार

साताकाे दाेस्राे दिन पनि घट्याे सेयर बजार, ५ अर्ब ४० करोडकाे काराेबार

काठमाडाैं, ४ चैत्र । नेपालको सेयर बजारमा आज (साेमबार)  गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.१४ अंकले घटेर २,७०४.७० विन्दुमा बन्द भएको छ। यो गिरावट ०.३७ प्रतिशतको हो।

आजको कारोबारमा कुल ५ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने ९९ लाख ३५ हजार ८७२ कित्ता सेयर किनबेच भएका छन् । आइतबार ६ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने १ करोड ३९ लाख ७४ हजार ४५२ कित्ता सेयर किनबेच भएकाे थियाे ।

बजारमा आज ८५ कम्पनीको सेयर मूल्य बढेको छ, भने १४५ कम्पनीको सेयर घटेको छ र १३ कम्पनीको मूल्य भने स्थिर रह्यो।

यस दिन कुनै पनि सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छैन भने राप्ति हाइड्राे एण्ड जेनेरल कन्स्ट्रकसन्काे सेयर मुल्य ९.८६ प्रतिशतले बढेको छ ।

यस्तै आज कुनै पनि सेयरकाे सेयर मुल्यमा नकारात्मक सर्किट लागेको छैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x