Shangrila

शेयर कारोबारका ब्याक्तीगत विवरण अधावधिक गर्न नेप्सेको आग्रह

काठमाडौं,७ साउन ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले शेयर कारोबारका लागि व्यक्तिगत विवरण अद्यावधिक गर्न शेयर लगानीकर्तालाई आग्रह गरेको छ ।पूर्ण सञ्चालित अनलाइन कारोबार प्रणाली शुरु भइसकेको सन्दर्भमा नेप्सेले शेयर दलाल कम्पनीमा सम्पर्क गरी सो विवरण अद्यावधिक गर्न आज आग्रह गरेको हो ।

स्टकले यही साउन १ गतेदेखि अनलाइन कारोबार प्रणाली शुरु गरेको हो । आजसम्म सो प्रणालीमा ५० वटै दलाल कम्पनी आबद्ध भइसकेका छन् ।अनलाइन करोवारका लागि व्यक्तिगत विवरण अद्यावधिक गरी युजरनेम र पासवर्ड आग्रह गरेको प्रवक्ता मुराहारी पराजुलीले जानकारी दिए ।  लगानी कार्ताले सेयर दलाल मार्फत के वाइसि फर्म भरी युजरनेम र पासवर्ड पाउने छन् ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *