Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सत्तारूढ दलका भातृसंगठनद्धारा निजी मेडिकल कलेजलाई राष्ट्रियकरण गर्न माग

सत्तारूढ दलका भातृसंगठनद्धारा निजी मेडिकल कलेजलाई राष्ट्रियकरण गर्न माग

काठमाडौं ७ साउन ।  सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी, नेकपा निकटका भ्रातृ संगठनले हाल सञ्चालनमा रहेका निजी मेडिकल कलेजलाई राष्ट्रियकरण गर्न माग गरेका छन्। संयु्क्त प्रेस विज्ञाप्ति जारी गर्दै युवा संघ, योङ कम्युनिस्ट लिग, अखिल र अखिल क्रान्तिकारीको संयुक्त बैठकले यस्तो माग गरेको हो। ‘नेपालको संविधानको प्रस्तावनामा उल्लिखित समाजवाद उन्मुख व्यवस्थाको मर्म एवं शिक्षा र स्वास्थ्यलाई नागरिकको मौलिक हकको रुपमा गरिएको संवैधानिक ग्यारेन्टीको प्रावधानअनुसार निजी क्षेत्रबाट सञ्चालित सम्पूर्ण मेडिकल कलेजलाई अविलम्ब राष्ट्रियकरण वा गैरनाफामुखी ट्रस्टमा रुपान्तरण गरियोस्,’ चार संगठनले विज्ञाप्तिमा माग गरेका छन्।  प्रदेशमा सुविधासम्पन्न शिक्षण अस्पताल खोल्न पनि उनिहरुको सरकारलाइ आग्रह छ ।

संयुक्त प्रेस विज्ञप्ति

मुलुकमा चिकित्सा शिक्षाको क्षेत्रमा देखिएका समस्या उपर हामी प्रमुख युवा विद्यार्थी संगठनहरुको गम्भीर ध्यानाकर्षण भएको छ। संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयक , डा.गोविन्द के.सि.को आन्दोलन र त्यसले सृजना गरेको अन्यौलताको सन्दर्भमा नेपाल सरकार लगायतका सवै सम्वद्ध निकायमा तपशिलका विषयमा हाम्रो धारणा र माग स्पष्ट गर्न चाहन्छौं।

१)नेपालको संविधानको प्रस्तावनामा उल्लेखित समाजवादउन्मुख ब्यवस्थाको मर्म एवम् शिक्षा र स्वास्थ्यलाई नागरिकको मौलिक हकको रुपमा गरिएको संवैधानिक ग्यारेन्टीको प्रावधान अनुसार निजी क्षेत्रवाट संचालित सम्पुर्ण मेडिकल कलेजहरुलाई अविलम्ब राष्ट्रियकरण वा गैर नाफामुखी ट्रष्टमा रुपान्तरण गरियोस् ।

२)सबै प्रदेशमा एक सुविधा सम्पन्न सरकारी शिक्षण हस्पिटल सञ्चालनको प्रक्रिया अविलम्ब शुरु गरियोस् ।

३ )चिकित्सा शिक्षा भित्रको छात्रवृत्तिलाई न्युन आय, गरिव र लक्षित समुदाय आधारित बनाई त्यसलाई पारदर्शिता ढंगले वितरण गरियोस् ।

४ )आधारभुत तहका जनताको जीवनसंग खेलवाड गर्दै स्वास्थ्य जस्तो अत्यन्तै संवेदनशील क्षेत्रमा बन्द, हड्ताल गर्न पुर्ण रुपमा प्रतिवन्ध लगाइयोस्। जनताको करवाट उठेको तलब भत्ता खाई स्वास्थ्य जस्तो संवेदनशील पेशामा रहेर जनतालाई निर्वाध सेवा नदिने अधिकारीलाई तत्काल कार्वाही गरियोस्।

५) स्वास्थ्य शिक्षामा देखिएका सवै समस्या दिर्घकालिन ढंगले समाधान गर्न
उच्चस्तरीय चिकित्सा शिक्षा आयोग गठन गरी अविलम्ब काम सुचारू गरियोस् ।

६)चिकित्सा शिक्षा लगायतका जल्दाबल्दा समस्याको समाधानका लागि जनताको लोकप्रिय म्याण्डेट पाएको सार्वभौमसत्ता सम्पन्न संसदलाई छलफल र निकासको साझा थलो वनाइयोस्।

७)राष्ट्रिय चिकित्सा आयोगवाट नै समस्या निरोपण हुने भएकाले जारी गोविन्द केसिको अनसन वार्तावाट तत्काल अन्त्य गरियोस्।

८) गोविन्द केसिको आन्दोलनमा भएको राजनीतिक घुसपैठ, अराजकता र दण्डहीनताको तत्काल अन्त्य गरियोस् ।

९ )अनेकन् प्रलोभनमा पारी मुलुक बाहिर विद्यार्थी वेच्न पल्किएका नेम (NAME) , भाईब्रेन्ट जस्ता इन्स्टिच्युटलाई छानवीन गरि कडा कार्वाही गरियोस् ।

२०७५/०४/०६

रामप्रसाद सापकोटा
अध्यक्ष
वाइसीएल नेपाल

रमेश पौडेल
अध्यक्ष
युवा संघ ,नेपाल

नविना लामा
अध्यक्ष
अनेरास्ववियु

रञ्जित तामाङ
अध्यक्ष
अनेरास्ववियू (क्रान्तिकारी)

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x