रोजगारसम्वन्धी मौलिक हक कार्यान्वयनको तयारीमा सरकार, कम्तिमा एक परिवार एक रोजगार
काठमाडौं ७ साउन । सरकारले संविधान ब्यवस्था भएको रोजगार सम्वन्धीको मौलिक हकलाइ कार्यन्वयनमा लैजान गृहकार्य शुरु गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रमको खाका तयार पारेको हो । मन्त्रालयले तयार पारेको खाका प्रधानमन्त्री रोजगार कार्यक्रम मुख्यमन्त्री रोजगार कार्यक्रम अनुसार चाँडै सबै स्थानिय तहमा रोजगार सेवा केन्द्र स्थापना गरेर वेरोजगारको तथ्याँक संकलन गर्न थालिने र उनीहरुलाई दिन सकिने रोजगारीका क्षेत्रको पहिचान गरिने मन्त्रालयले जनाएको छ ।
यस्तै मन्त्रालयले बेरोजगार युवाको तथ्यांक संकलन गरिरहेको र तथ्याङ्क संकलन गरेपछि उनीहरुका लागि रोजगारीका कार्यक्रम संचालन गरिने श्रम मन्त्रालयको योजना छ । वेरोजगार व्यक्ति र परिवारको पहिचान गरी वार्षिक रुपमा न्युनतम १ सय २० दिन कम्तिमा एउटा परिवारको एक जनालाई रोजगारी दिन नसके १२० दिनको आधा तलब परिवारको एक जनालाई निवार्नह भत्ताका रुपमा प्रदान गर्ने सरकारले योजना ल्याने तयारी गरेको छ ।
यसरी दिने रोजगारीमा सरकारले तोकेको न्युनतम पारिश्रमिक र जिल्लाको दररेट अनुसार जुन बढी हुन्छ त्यसअनुसार पारिश्रमिक दिने गरी मन्त्रालयले योजना ल्याएको छ ।बेरोजगारको विवरण दर्ता गरीसकेपछि पहिचान भएका वेरोजगारलाई श्रमिक कार्डसहित तोकिएको योजनामा सरकारले खटाउने छ ।