Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

मेगा बैंक नवौं वर्षमा, प्रादेशीक कार्यालय स्थापनाको तयारी

मेगा बैंक नवौं वर्षमा, प्रादेशीक कार्यालय स्थापनाको तयारी

काठमाडौं, ७ साउन । मेगा बैंक नेपाल लिमिटेड स्पनाकालको आठ वर्ष पूरा गरी नवौं वर्ष प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा आज राजधानीमा आयोजित एक कार्यक्रममा बैंक संचालक समितिका अध्यक्ष भोजबहादुर शाहले संघीय संरचनाअनुसार हरेक प्रदेशमा प्रदेश हेडक्वाटर स्थापना गरी अघि बढ्ने बताए ।

संघीयताको कार्यान्वयनसँगै नयाँ नयाँ आर्थिक सम्भावना र चुनौती हाम्रो माझमा देखिएका भन्दै उनले सो कुरा बताएका हुन ।
अध्यक्ष शाहले आर्थिक सम्भावनाका नयाँ क्षेत्र पहिल्याउँदै कृषि, पर्यटन र जलविद्युत्को क्षेत्रमा बैंकको मुख्य व्यवसायलाई बनाउने दाबी गरे।

त्यस्तै कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले छोटो समयमै मेगा, बैंक क्षेत्रमा उत्कृष्ट ब्राण्डका रुपमा स्थापित भएको भन्दै आगामी दिनमा ग्राहकको विश्वास जित्दै निरन्तर अघि बढ्ने प्रतिवद्धता जनाइन । वार्षिकोत्सवको अवसरमा मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैदेशिक रोजगारीमा पिडित युवतीका लागि कार्यरत संस्था पौरखी नेपाल र उपल्लो डोल्पाका विद्यार्थीलाई एक÷एक लाख रुपैयाँ सहयाग गरेको छ। उपल्लो डोल्पाका गरिब तथा जेहेन्दार विद्यार्थी छिरिङ तावा बुढालाई उच्च शिक्षा अध्ययनका लागि एक लाख रुपैयाँ सहयोग गरेको छ। बैदेशिक रोजगारबाट पिडित महिलाका सन्तानका गरिब तथा अनाथ बालबालिकालाई शिक्षा दिने योजना अन्तर्गत पौरखी नेपाललाई नगद पुरस्कार स्वरुप एक लाख रुपैयाँको चेक प्रदान गरेको हो।

गत आर्थिक वर्षमा निक्षेप ११ अर्ब ८२ करोडबाट बढेर ६३ अर्ब पुगेको मेगा बैंकले जनाएको छ। यसैगरी कर्जा प्रवाह पनि ११ अर्ब बढेर ५७ अर्ब २६ करोड रुपैयाँ पुगेको छ। मुलुकभर कूल ग्राहक संख्या ५ लाख पुगेको जानकारी दिइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x