Date

मङ्ल, चैत्र ११, २०८१
Tue, March 25, 2025

गरुडाको जयसवाल स्टोर्समा आगलागी, ४५ लाखको क्षति

गरुडाको जयसवाल स्टोर्समा आगलागी, ४५ लाखको क्षति

रौतहट, १० चैत्र । रौतहट गरुडाको मुख्य बजारमा रहेको जयसवाल जनरल स्टोर्स आगलागी हुँदा फेन्सी सामनहरु जलेर नष्ट भएको छ ।

गरुडा नगरपालिका वडा नम्बर ४ स्थित बस पार्किङ स्थल नजिकको फेन्सी पसलमा आइतवार विहान करिव साढे १२ बजेको समयमा आगलागी भएको हो । आगोलागीबाट पसलमा राखिएको कपडा, जुत्तालगायतका फेन्सीका सामग्रीहरु काम नै नलाग्नेगरि जलेर क्षति पुगेको छ ।

इलाका प्रहरी कार्यालय गरुडाको टोली आगलागीको घटनाका बारेमा जानकारी पाउनका साथ पुगेको थियो । सुरक्षाकर्मी र स्थानियबासीको सहयोगमा आगो नियन्त्रणमा आएको हो ।

विद्युत सर्ट भएर आगोलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान छ । आगालागीको घटनाका बारेमा अनुसन्धान भै रहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

आगलागीबाट करिव ४५ लाखको क्षति भएको अनुमान गरिएको छ ।आगलागीबाट भएको क्षतिको बारेमा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थामणि कलवारले स्थलगत निरीक्षण गरेका छन् ।

आगलागीबाट धेरै क्षति पुगेकाले यस किसिमको घटना हुन नदिनका लागि आवश्यक सर्तकता अपनाउन उनले सवै व्यापारी बर्गमा आग्रह समेत गरे ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x