Date

मङ्ल, चैत्र ११, २०८१
Tue, March 25, 2025

जेडटीईले ल्यायो पाँच मोडेलका नयाँ फोन, यस्तो छ मूल्य तथा फिचर

जेडटीईले ल्यायो पाँच मोडेलका नयाँ फोन, यस्तो छ मूल्य तथा फिचर

काठमाडौं, १० चैत्र । नेपाली बजारमा जेडटीई स्मार्टफोनको नयाँ सिरिज सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रम गर्दै नेपालका लागि जेडटीईको आधिकारिक वितरक शंकर ग्रुपले विभिन्न पाँच मोडेलका नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो ।

यस अन्तर्गत कम्पनीले ब्लेड र नुबिया सिरिज बजारमा ल्याएको छ । कम्पनीले सस्तो मूल्यमा नेपाली प्रयोगकर्तालाई स्तरीय फिचर र पर्फमेन्स भएका फोन अनुभव गराउने उद्देश्यले यी फोन ल्याएको जनाएको छ । नयाँ सिरिजमा शक्तिशाली प्रोसेसर, उत्कृष्ट क्यामेरा र टिकाउ ब्याट्री रहेको कम्पनीको दाबी छ ।

कम्पनीले ब्लेड ए ७५, ब्लेड ए ३५ई, ब्लेड ए ५५, नुबिया भी ७० म्याक्स र नुबिया भी७० डिजाइन गरी पाँच नयाँ स्मार्टफोन सार्वजनिक गरको हो। “हामी जेडटीईलाई नेपालमा पुनः ल्याउन पाउँदा उत्साहित छौं । हामी नेपाली ग्राहकलाई उत्कृष्ट स्मार्टफोनहरू उपलब्ध गराउन प्रतिबद्ध छौं,” शंकर ग्रुपका कार्यकारी निर्देशक सक्षम जाखेरले भने । कम्पनीले यी स्मार्टफोनलाई प्रतिस्पर्धी मूल्यमा बजारमा उपलब्ध गराउने बताएको छ ।

यी नयाँ स्मार्टफोनहरूमा शक्तिशाली प्रोसेसर, लामो ब्याट्री लाइफ, र एआइ फिचरहरू समावेश छन् । उत्कृष्ट फोटोग्राफी, सहज मल्टिटास्किङ, र इमर्सिभ गेमिङ अनुभव चाहने प्रयोगकर्ताहरूका लागि जेडटिइका यी नयाँ स्मार्टफोनहरू उपयुक्त विकल्प बनेको छ ।

यस्तो छ जेडटीईका नयाँ स्मार्टफोनको मूल्य र स्टोरेज क्षमताः
१. जेडटीई ब्लेड ए७५
मूल्यः रु. १३,९९९
स्टोरेजः ४ं२५६ जीबी
कलरः डायमन्ड ब्ल्याक र मिन्ट ग्रीन

२. जेडटीई ब्लेड ए५३ ई
मूल्यः रु. १०,४९९
स्टोरेजः २ं६४ जीबी
कलरः सिल्भरी ग्रे र आइस ग्रीन

३. जेडटीई ब्लेड ए५५
मूल्य रु. ११,९९९ स्टोरेजः २ं६४ जीबी
मूल्यः रु. १२,९९९ स्टोरेजः ४ं१२८ जीबी
कलरः स्टारी ब्ल्याक एन्ड वाटर ब्लु

४. जेडटीई नुबिया भी७० म्याक्स
मूल्यः रु.१५,९९०
स्टोरेजः ६ं१२८ जीबी
कलरः लेक ग्रिन र ग्लाटिक ग्रे

५. जेडटीई नुबिया भी७० डिजाइन
मूल्यः रु. १६,९९९ स्टोरेजः ८ं१२८ जीबी
मूल्यः रु. १८,९९९ स्टोरेजः ८ं२५६ जीबी
कलरः स्टोन ग्रे र जेड ग्रिन

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x