Date

मङ्ल, चैत्र ११, २०८१
Tue, March 25, 2025

राष्ट्रियसभामा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व लगायत विभिन्न विधेयक पेस

राष्ट्रियसभामा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व लगायत विभिन्न विधेयक पेस

काडमाडौं, १० चैत्र । सभाको आइतबारको बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१, निजीकरण (९पहिलो संशोधन) विधेयक, २०८१ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१ पेस गरिएको हो ।

बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ती विधेयकहरूमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । प्रस्तावलाई बैठकले बहुमतले स्वीकृत गरेको छ ।

बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले मुलुकको आर्थिक सुधारका लागि आर्थिक अनुशासन कायम गरिने बताए । उनले सीमित स्रोतसाधनका कारण मानवीय र भौतिक विकासका लागि विनियोजन हुने बजेटको उचित र अधिकतम् परिचालन गर्नुपर्नेमा उनले जोड दिए ।

बजेट खर्च नहुने रकम मुलुकको सञ्चिति कोषमा जम्मा हुने उल्लेख गर्दै मन्त्री पौडेलले यसमा अन्यथा सोच्न नहुने बताए । राष्ट्रियसभाको अर्को बैठक यही चैत १३ गते दिउँसो १ बजेर १५ मिनेटमा बस्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x