Date

आइत, चैत्र १६, २०८१
Sun, March 30, 2025

गणतन्त्रवादी दलहरूलाई एक हप्ताको अल्टिमेटम, चैत २१ गतेबाट सशक्त जनआन्दोलन गर्ने घोषणा

गणतन्त्रवादी दलहरूलाई एक हप्ताको अल्टिमेटम, चैत २१ गतेबाट सशक्त जनआन्दोलन गर्ने घोषणा

काठमाडौँ, १४ चैत । राजसंस्थाको वकालत गरिरहेका राजावादीहरुले गणतन्त्रवादीहरुलाई एक हप्ताको अल्टिमेटम दिएका छन् ।

नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले गणतन्त्रवादी दलहरूलाई एक हप्ताको अल्टिमेटम दिएको हो । विहिबार आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक सुवेदीले २०४७ सालको संविधानमा टेकेर नवीन समझदारीमा आउन दलहरूलाई आह्वान गरे ।

आफूहरूको शान्तिपूर्ण आन्दोलनलाई एक हप्तासम्म बेवास्ता गरिएमा चैत २१ गतेबाट सशक्त जनआन्दोलनको घोषणा गर्ने समितिले बताएको छ ।

चैत १६ गते घोडेजात्रा भएकाले त्यस दिन कुनै पनि आन्दोलनका कार्यक्रम नगर्ने निर्णय समितिले लिएको छ । १७ गतेदेखि भने निरन्तर आन्दोलन हुने सुवेदीले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x