लक्ष्यभन्दा बढी राजश्व असुली

रुपन्देही,९साउन । आन्तरिक राजश्व कार्यालय बुटवलले गएको आर्थिक बर्षमा लक्ष्य भन्दा  २ प्रतिशत बढी राजश्व संकलन गरेको छ । कार्यालले गएको आर्थिक बर्षमा ६ सय ३४ करोड लक्ष राखेकोमा राजश्व संकलन ६ सय ४५ करोड भएको छ। अघिल्लो आर्थिक वर्ष २०७३÷७४ मा भने सो कार्यालयले ४ अर्ब ६३ करोड लक्ष लिई ५ अर्ब २५ करोड राजश्व असुली गरेको थियो ।

अघिल्लो आर्थिक बर्ष भन्दा झण्डै २५ प्रतिशत राजश्व संकलनमा बृद्धि गरेको कार्यालय प्रमुख दुर्गादत्त भण्डारीले बताए ।४० हजार भन्दा बढि करदाताहरु रहेका  कार्यालयले समिक्षा अवधीमा करदाता शिक्षा, कर परिक्षण, बजार अनुगमन, अनुसन्धान, दर्ता तथा खारेजी प्रकृया लगाएतका राजश्व असुलीका सबै प्रगती ब्यबस्था र कार्यगत सुचकांक पुरा गरेका कारण बिभागले दिएको लक्ष पार गरेको कार्यालयको दावी छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *