Date

सोम, चैत्र १७, २०८१
Mon, March 31, 2025

राजावादी आन्दोलननमा भएको क्षतिबारे राष्ट्रिय व्यवसायी महासङ्घद्वारा चिन्ता व्यक्त, क्षतिपूर्तिको माग

राजावादी आन्दोलननमा भएको क्षतिबारे राष्ट्रिय व्यवसायी महासङ्घद्वारा चिन्ता व्यक्त, क्षतिपूर्तिको माग

काठमाडौं, १६ चैत्र। शुक्रबार तीनकुनेमा भएको राजावादीको प्रदर्शन/आक्रमणका कारण व्यवसायिक तथा व्यक्तिगत र सार्वजनिक सम्पतिमा भएको नोक्सानीको चिन्ता गर्दै नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले क्षतिपूर्ति माग गरेको छ ।

शुक्रबार काठमाडौँमा भएको प्रदर्शनका क्रममा भएको आक्रमण, लुटपाट, आगजनी लगायत गतिविधिहरूबाट व्यावसायिक वातावरण र व्यवसाय गर्न पाउने नैसर्गिक अधिकार हनन् हुन पुगेको महासङ्घका संस्थापक अध्यक्ष नरेश कटुवालले बताए।

उनले निजी तथा सार्वजनिक सम्पत्तिमाथि भएको आक्रमण, लुटपाट, आगजनी लगायतका गतिविधिहरूबाट भएको क्षतिपूर्ति सरकारले व्यवसायीलाई दिलाउनु पर्नेमा जोड दिए।

चैत्र १५ गते काठमाडौँमा भएको आन्दोलन र प्रदर्शनका क्रममा मानवीय क्षतिसँगै धनजनमा भएको आक्रमण निकै दुःखद भएको महासङ्घका अध्यक्ष मनोजबाबु श्रेष्ठले बताए। उनले आन्दोलन र प्रदर्शनका क्रममा सर्वसाधारणको निजी जायजेथा, व्यावसायिक प्रतिष्ठानहरूको सम्पत्ति र अन्य व्यापारिक गतिविधिहरूमा आक्रमण, आगजनी, लुटपाट लगायतका हिंसक घटनाबाट ठुलो क्षति पुगेकोमा यसको क्षतिपूर्ति हुनुपर्ने महासङ्घको धारणा रहेको बताए।

महासङ्घले आन्दोलन र प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पणसहित परिवारजनमा समवेदना प्रकट गर्दै घाइते सबैको स्वास्थ्य लाभको कामना गरेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x