Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सरकारसँगै छैन क्यान्सरका विरामीको तथ्याङ्क, ५ वर्षमा झण्डै २ अर्ब खर्च

सरकारसँगै छैन क्यान्सरका विरामीको तथ्याङ्क, ५ वर्षमा झण्डै २ अर्ब खर्च

मानमती पाण्डेय
काठमाडौं, ९ साउन । नेपाल सरकारले क्यान्सर लागेका विरामीलाई एक लाख रुपैयाँका दरले सहयोग दिन थालेको ५ वर्ष भइसकेको छ । यो अवधि भर सरकारले क्यान्सरका विरामीको लागि करिब दुई अर्ब रुपैंयाँ बाँडिसकेको छ ।  तर यो यकिन तथ्यांक भने होइन । यकिन तथ्याङ्क सरकारसँग नै छैन । नेपाल सरकार स्वास्थ्य मन्त्रालय मार्फत क्यान्सर विरामीलाई एक लाखका दरले उपचार खर्च दिने गरिएको भएपनि यसको तथ्याङ्क नराखिदां बजेट बिनियोजनका लागि समस्या भएको छ ।

‘सरकारले हरेक क्यान्सर विरामीलाई एक लाखको दरले विरामीलाई उपचार खर्च दिने गरेको छ । विरामीहरुको अस्पतालको बिललाई आधार मानेर हामीले प्रत्येक विरामीलाई एक लाख रुपैंया दिने गरेको छौँ र अहिलेसम्म झण्डै २ अर्ब रुपैंया बाँडिसकेको अनुमान गरिएको छ तर यकिन तथ्याङ्क भने छैन,’– नेपाल स्वास्थ्य अनुसन्धान परिषद् कार्यकारी प्रमुख डा. अञ्जनी कुमार झाले जानकारी दिए ।

५ वर्ष अघि नै सहयोग दिने प्रक्रिया सुरु गरिएको भएपनि यति लामो समयसम्म तथ्याङ्क नराखिदा दोहोरो सहयोग लिनेको संख्या धेरै रहेको हुन सक्ने अनुमान परिषद्को छ । तथ्याङ्क नराखिदां केही विरामीले दोहोरो सहयोग लिएको हुनसक्छन तर अहिले भने स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य मन्त्रालयको निर्देशनमा क्यान्सर रजिष्ट्री सुरु गरेको छ र यकिन संख्या आउने अपेक्षा गरिएको छ–उनले भने ।

सुरु हुँदैं क्यान्सर विरामीको तथ्याङ्क राख्ने प्रणाली स्वास्थ्य मन्त्रालय अन्तर्गत पर्ने स्वास्थ्य अनुसन्धान परिषद्ले जनसंख्यामा आधारित क्यान्सर रजिष्ट्रील राख्ने गरेको छ । क्यान्सर विरामी तथा क्यान्सरबाट मृत्यु भएका मानिसहरुको गणना गर्ने पद्धति सन् २०१८ बाट मात्रै सुरु भएको छ । स्थानिय स्तरमा किसानहरुले किटनाशकलाई औषधीको रुपमा प्रयोग गर्ने गरेका छन् । तर यही औषधीको रुपमा प्रयोग गरिएको विषादीले गर्दा मानिसहरुमा समस्या देखिन थालेको छ जसले क्यान्सरको रुप लिदैंछ । यो वर्षदेखि नेपालमा रहेका क्यान्सर विरामीको संख्या रेकर्ड गर्न थालिएको छ । अन्तर्राष्ट्रिय सहयोगी संख्याले पनि यकिन तथ्याङ्क खोजिरहेको र त्यसका लागि प्रोत्साहन गरिरहेको झाले बताए ।

नेपालले प्रयोग गर्न लागेको रजिष्ट्रीले इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सरसँग समन्वय गरि बनाईएको फारम अनुसार क्यान्सर लागेका बिरामी तथा क्यान्सर रोगको कारण मृत्यु भएका व्यक्तिहरुको सम्पूर्ण विवरण भरि क्यान्सर सम्बन्धि छुट्टै सफ्टवेयरमा राखी रिपोर्ट तयार गर्ने र यसले कसैको गोपनियता भंग नगर्ने झाले दाबी गरे । रिपोर्टमा कुनै पनि व्यक्तिको गोप्यता भंग नहुने गरि छुट्टै कोड प्रयोग गरिने उनले बताए ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x