Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सेयर बजार पुन ओरालो तर्फ

सेयर बजार पुन ओरालो तर्फ

काठमाडौं, ९ साउन । साताको दोस्रो र तेस्रो कारोबार दिन उकालो चढेको सेयर बजार आज भने पुन तल झरेको छ । बुद्यबार सेयर बजार ४.९२ अंकले घटेर ११९४.३५ बिन्दुमा झरेको छ ।

आज एक सय ६८ कम्पनीको १६ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । हाइड्रोपावर र उत्पादन तथा प्रशोधन समूहको परिसूचक बढेपनि अन्य सबै समूह घटेको छ । हाइड्रोपावर ३.८८ र उत्पादन तथा प्रशोधन समूहको परिसूचक २.९३ अंकले मात्र बढेको छ ।

तर बैंकिङ ४.२७, होटल २०.८५, विकास बैंक ४.२८, फाइनानस ४.३७, निर्जीवन बीमा ८०.२२ र जिवनबीमा तर्फको परिसूचक २८.०७ अंकले घटेको छ।

त्यस्तै एनसिसि बैंकको सबैभन्दा धेरै सेयर कारोबार भएपनि सर्पोट माइक्रोफाइनान्स वित्तिय संस्थानका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् भने र एनआइबिएल प्रगती फन्ड भने गुमाउने कम्पनीहरुको सूचीको अग्रस्थानमा रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x