Date

बुध, चैत्र १९, २०८१
Wed, April 2, 2025

वीरगञ्ज सुक्खा बन्दरगाह पुनः पाँच वर्षका लागि भारतीय कम्पनी प्रिस्टाइनलाई सञ्चालनको जिम्मा

वीरगञ्ज सुक्खा बन्दरगाह पुनः पाँच वर्षका लागि भारतीय कम्पनी प्रिस्टाइनलाई सञ्चालनको जिम्मा

काठमाडाैं, १९ चैत्र । वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाहको सञ्चालन र कार्गो ह्यान्डलिङको जिम्मेवारी आगामी पाँच वर्षका लागि भारतीय कम्पनी प्रिस्टाइन लजिस्टिक्सले प्राप्त गरेको छ। यसका लागि कम्पनीले नेपाल सरकारलाई कुल ३ अर्ब ३३ करोड रुपैयाँ ठेक्का रकम बुझाउनेछ।

यसअघि, सन् २००४ देखि २०१५ सम्म १० वर्षका लागि कन्टेनर कर्पोरेशन अफ इन्डिया (कोन्कर) ले ५३ करोड रुपैयाँमा र २०१५ जनवरी ६ देखि २०१९ जनवरी ५ सम्म ७९ करोड रुपैयाँमा ५ वर्षका लागि हिमालयन टर्मिनल प्रालिले ठेक्का पाएको थियो।

प्रिस्टाइन लजिस्टिक्स भारतको एक उदीयमान कम्पनी हो, जसले यसअघि लुधियाना, कानपुर, सिलिगुडी, पटना लगायतका स्थानहरूमा इनल्यान्ड क्लियरेन्स डिपोहरू सञ्चालन गर्दै आएको छ। नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय बजारमा प्रवेश गरेको यस कम्पनीले वीरगञ्ज सुक्खा बन्दरगाहको सेवा स्तरोन्नति र विस्तार गर्ने योजना बनाएको छ।

नयाँ व्यवस्थापनले बन्दरगाहको पूर्वाधार विस्तार, सेवा सुधार र दक्ष जनशक्ति परिचालनमा ध्यान केन्द्रित गर्ने बताइएको छ। यसले नेपालको आयात-निर्यात प्रक्रियालाई थप सहज बनाउने र व्यापारिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x