सेयर बजारमा गिरावट: नेप्से १५.५७ अंकले घट्याे

काठमाडाैं, १९ चैत्र । नेपालकाे सेयर बजारमा आज(मंगलबार) गरिवाट देखिएकाे छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.५७ अंकले घटेर २६७७.५७ विन्दुमा बन्द भएको छ। यो गिरावट ०.५७ प्रतिशतको हो।
आजको कारोबारमा कुल ५ अर्ब ७९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने १ कराेड ६ लाख ७० हजार ६४९ कित्ता सेयर किनबेच भएका छन् । हिजाे ७ अर्ब ५६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने १ कराेड ५५ लाख ७२ हजार ८६२ कित्ता सेयर किनबेच भएकाे थियाे ।
बजारमा आज ४२ कम्पनीको सेयर मूल्य बढेको छ, भने २०१ कम्पनीको सेयर घटेको छ र ० कम्पनीको मूल्य भने स्थिर रह्यो।
यस दिन गार्जियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने र विशाल बजार कम्पनी लिमिटेडकाे सेयर मुल्य ४.५३ प्रतिशतले बढेको छ ।
यस्तै आज कुनै पनि सेयर मुल्यमा नकारात्मक सर्किट लागेको छैन् । आज व्यापार उपसूचक बाहेक सबै उपसुचकहरू घटेका छन् ।