दुई दिनमै सुनको भाउमा पाँच हजार आठ सय रूपैयाँको गिरावट, चाँदी पनि सस्तिएको

काठमाडाैं, २४ चैत्र । नेपाली बजारमा सुन–चाँदीको मूल्य लगातार घट्दै गएको छ। आइतबार पनि सुनको भाउ घटेर प्रतितोला एक लाख ७४ हजार पाँच सय रूपैयाँमा झरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला तीन हजार नौ सय रूपैयाँले घटेको सुनको भाउ आइतबार फेरि एक हजार नौ सय रूपैयाँले घटेको हो। यससँगै दुई दिनको अवधिमा सुनको मूल्यमा कुल पाँच हजार आठ सय रूपैयाँको गिरावट आएको छ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ७६ हजार चार रूपैयाँमा कारोबार भएको थियो भने आइतबार उक्त दर घटेर एक लाख ७४ हजार पाँच सय रूपैयाँमा झरेको हो।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आइतबार चाँदी प्रतितोला एक हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ, जुन शुक्रबारको तुलनामा ७० रूपैयाँ कम हो। शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ७० रूपैयाँ थियो।