Date

सोम, चैत्र २४, २०८१
Mon, April 7, 2025

विदेशी विनिमय व्यवस्थापनमा नयाँ मोड: राष्ट्र बैंकको एकीकृत परिपत्र २०८१ लागू

विदेशी विनिमय व्यवस्थापनमा नयाँ मोड: राष्ट्र बैंकको एकीकृत परिपत्र २०८१ लागू

काठमाडौं, २४ चैत्र । विदेशी विनिमय कारोबारलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउने उद्देश्यले नेपाल राष्ट्र बैंकले ‘एकीकृत परिपत्र २०८१ जारी गरेको छ। विदेशी विनिमय व्यवस्थापन विभागमार्फत जारी गरिएको उक्त परिपत्रले २०८० मा जारी परिपत्र तथा २०८१ फागुन १९ सम्म प्रकाशित अन्य परिपत्रहरूलाई समेट्दै नयाँ स्वरूप दिएको हो।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ तथा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ बमोजिम प्राप्त अधिकार प्रयोग गरी उक्त परिपत्र जारी गरिएको हो। परिपत्रमार्फत मुख्य रूपमा वस्तु आयातसम्बन्धी व्यवस्थाहरू परिमार्जन गरिएको छ।

नयाँ व्यवस्थाअनुसार भारत र अन्य मुलुकहरूबाट हुने वस्तु आयातमा प्रतीतपत्र (एलसी) खोल्दा स्पष्ट विवरणसहितका कागजात अनिवार्य गरिएको छ। सामानको नाम, ब्रान्ड, मोडेल नम्बर, उत्पादन भएको देश, परिमाण, मूल्य, इन्कोटर्म्स तथा भुक्तानीको तरिका स्पष्ट रूपमा उल्लेख हुनुपर्नेछ।

यस परिपत्रले एकपटकको आयातका लागि विदेशी मुद्राको सीमासमेत तोकेको छ। अन्य मुलुकहरूसँगको कारोबारमा अधिकतम अमेरिकी डलर १ लाखसम्मको विदेशी मुद्रा प्रयोग गर्न पाइनेछ भने भारतसँगको आयात कारोबारमा भारतीय रुपैयाँ ३ करोडसम्म खर्च गर्न सकिनेछ।

खासगरी खाद्य तथा पेय पदार्थ आयातका लागि अब नेपाल सरकारको सम्बन्धित निकायबाट पूर्व स्वीकृति लिने व्यवस्था पनि अनिवार्य गरिएको छ। यो प्रावधान सार्वजनिक स्वास्थ्य र उपभोग्य वस्तुको गुणस्तर नियन्त्रणमा सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x