गर्भनर नियुक्तिमा चलखेल भएको कांग्रेस नेता शेखरको आशंका, अर्थतन्त्रमा खेलाँची नहोस्

काठमाडौं, २४ चैत्र । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपाल राष्ट्र बैंकको गर्भनर नियुक्तमा बिचौलिया हाबी हुन लागेको बताएका छन् ।
डा. सुमन कोइरालाद्वारा लिखित ‘कात्रोमा खल्ती’ पुस्तकको काठमाडौंमा बिमोचन कार्यक्रममा कोइरालाले अर्थतन्त्रमा खेलाँची गर्ने अधिकार सरकारलाई नभएको बताए ।
गर्भनर नियुक्त गर्दा बिचौलिया हाबी भएको आशंका गर्दै उनले भने, ‘सरकारका लागि दुर्भाग्य त हुन्छ नै । नेपालका लागि पनि दुर्भाग्य हुन्छ । यो अन्त्यन्त गम्भीर विषय हो ।’
वर्तमान सरकारले सुशासनको प्रत्याभूति गर्न नसकेको उनले बताए । कांग्रेस र एमालेको सरकार बनाउँदा गरिएको परिकल्पना सत्ता सञ्चालन नभएको कोइरालाको टिप्पणी थियो ।
सरकार गठन हुँदा संविधान संशोधनको मुद्दा उल्लेख गरिए पनि त्यसप्रति प्रक्रिया अघि नबढेको उनले सुनाए ।