Date

बिहि, बैशाख ४, २०८२
Thu, April 17, 2025

ट्रायम्फ मोटरसाइकलको एक्सचेन्ज क्याम्प सफलतापूर्वक सम्पन्न, शोरुमका सबै बाइक बिके

ट्रायम्फ मोटरसाइकलको एक्सचेन्ज क्याम्प सफलतापूर्वक सम्पन्न, शोरुमका सबै बाइक बिके

काठमाडौं, २६ चेत्र । ट्रायम्फ मोटरसाइकल नेपालको एक्सचेन्ज क्याम्प सफलतापूर्वक सम्पन्न भएको छ ।

नेपालका लागि ट्रायम्फ बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले नक्सालस्थित बाइकर्स क्याफेमा आयोजना गरेको ‘एक्सचेन्ज एन्ड टेस्ट राइड क्याम्प’ भव्य रुपमा सम्पन्न भएको हो । यो क्याम्पअवधिमा शोरुममा उपलब्ध सम्पूर्ण बाइकको स्टक बिक्री भएको बताइएको छ ।

कार्यक्रममा बाइक प्रेमीहरूको उल्लेखनीय उपस्थिति थियाे र विश्व विख्यात ट्रायम्फ ब्रान्डमा अपग्रेड गर्न उत्साहित पनि देखिए । एक्सचेन्ज क्याम्पमा जुनसुकै ब्रान्डको पुरानो बाइक तुरुन्तै साट्न सकिने सुविधा, पुरानो बाइकको लागि सबैभन्दा राम्रो बजार मूल्य प्रदान, न्यून डाउन पेमेन्ट तथा किफायती मासिक योजनाहरू र टेस्ट राइड अनुभव गर्ने अवसर प्रदान गरिएको थियो ।

यो एक्सचेन्ज क्याम्पले निकै सकारात्मक प्रतिक्रिया प्राप्त गरेको कम्पनीको भनाई छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x