नेप्से सूचकांक १३.९० अंकले बढेर २,६८०.५२ बिन्दुमा, कुल कारोबार ४ अर्ब ४८ करोड ४६ लाख रुपैयाँ

काठमाडाैं, २७ चैत्र । आज बुधबारको कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.९० अंकले बढ्दै २,६८०.५२ बिन्दुमा पुगेकाे छ । बजार ०.५२ प्रतिशतले उक्कालाे लागेको हो ।
कुल कारोबार रकम ४ अर्ब ४८ करोड ४६ लाख रुपैयाँ नाघेको छ भने १ करोड ७३ हजार ८२२ कित्ता सेयर खरिदबिक्री भएको छ । मंगलबार ५ अर्ब ३० करोडको रुपैयाँको सेयर कारोबार भएको छ भने १ करोड ६ लाख ४३ हजार ४६९ कित्ता सेयर किनबेच भएकाे थियाे ।
बजार बन्द हुँदा १५४ वटा कम्पनीका सेयरहरू मात्र हरियालीमा रहे, भने ९० वटा कम्पनीका सेयरहरू राताम्मे भए । १ कम्पनीको सेयर मूल्य स्थिर रह्याे ।
यस दिन कुनै पनि सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छैन भने नेपाल माइक्राे इन्सुरेन्स कम्पनिकाे सेयर मुल्य ९.९८ प्रतिशतले बढेको छ ।
यस्तै आज कुनै पनि सेयर मुल्यमा नकारात्मक सर्किट लागेको छैन् ।