Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

३६ लाख घुस सहित इन्जिनियर प्रकाउ

३६ लाख घुस सहित इन्जिनियर प्रकाउ

रुपन्देही,१३ साउन ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भवन तथा शहरी बिकास कार्यालय रुपन्देहीका प्रमुख इन्जिनियर सुरेश ठाकुरी रु ३६ लाख घुससहित पक्राउ परेका छन् ।

आयोगको टोलिले  इन्जिनियर ठाकुरलाई रु ३६ लाख ७२ हजार घुससहित रुपन्देहीको शिद्धार्थनगर नगरपालिका बर्मेलि टोलबाट पक्राउ गरेको हो ।

नगद रु १२ लाख पचास हजार र रु २४ लाखको बैंक भौचरसहित प्रमुख ठाकुरलाई पक्राउ गरिएको अख्तियारको बुटवल कार्यालयले जनाएको छ । ठाकुरले घुसको नगदसँगै रु २४ लाखको भौचर श्रीमतीलाई राख्न दिएको र उहाँ ट्याक्सिमा जाँदै गर्दा हेटांैडामा पक्राउ गरिएको हो ।

भैरहवामा रहेको कार्यालयले रुपन्देही, कपिलबस्तु र अर्घाखाँचीमा भौतीक निमार्णको काम गर्ने गर्दछ । अख्तियार बुटवलको समन्वयमा ठाकुरकी श्रीमतीलाई हैटौंडाबाट खटिएको अख्तियारको टोलीले पक्राउ गरेको हो । घुसको पैसा लिएर वीरगञ्जस्थित घरमा जाने क्रममा उहाँ बाटोमै पक्राउ  परेकी हुन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x