Date

बिहि, भदौ २७, २०८१
Thu, September 12, 2024

स्थानीयलाई शिवम् सिमेन्टको शेयर

स्थानीयलाई शिवम् सिमेन्टको शेयर

काठमाडौं,१३ साउन ।  निजी क्षेत्रबाट सिमेन्ट उत्पादन गर्दै आएको शिवम् सिमेन्ट उद्योगले स्थानीयबासीलाई प्रिमियमसहितको साधारण शेयर बिक्री शुरु गरेको छ । सिमेन्ट उत्पादक कम्पनीमध्ये शिवम् सिमेन्टले पहिलोपटक प्रिमियमसहित आईपीओ जारी गर्न लागेको हो ।

आज देखि ८ लाख ८० हजार कित्ता स्थानीय (मकवानपुरबासी) का लागि प्राथमिक शेयर जारी हुने भएको छ । प्रथम चरणमा आयोजना प्रभावित क्षेत्र (मकवानपुर) का बासिन्दाका लागि बिक्री गर्न लागिएको छ । प्रतिकित्ता एक सय रुपियाँको शेयरमा प्रिमियम २ सय रुपियाँसहित प्रतिकित्ता ३ सय रुपियाँ मूल्य कायम गरिएको उद्योगले जनाएको छ ।

हेटौंडाको सिद्धार्थ बैंक, महालक्ष्मी विकास बैंक, सांग्रिला विकास बैंक, गरिमा विकास बैंक, सिटिजन्स बैंक, ग्लोबल आइएमई बैंक, नेपाल बंगलादेश बैंक, जनता बैंक र बैंक अफ काठमाडौंको हेटौंडास्थित शाखाबाट फर्म भर्न पाइने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x