Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

समाज बिथोल्न ल्याइने डलर युरो रोकिन्छ – प्रधानमन्त्री

समाज बिथोल्न ल्याइने डलर युरो रोकिन्छ – प्रधानमन्त्री

काठमाडौं,१३ साउन  प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा गलत उद्धेश्यबाट निर्देशित  पैसा देशमा  भित्रन नदिइने बताएका छन् । तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का इन्जिनियरहरुको एकता घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले समाज विथोल्न ल्याइने त्यसो पैसा रोकिने बताएका हुन  । “गलत उद्धेश्यका साथ गलत च्यानलबाट डलर,युरो बाँडेर समाज बिथोल्ने कार्य हुन सक्दैन” प्रधानमन्त्री ओलीले भन्नुभयो “नेपाल भित्रने पैसा बैंक मार्फत र उद्धेश्य स्पष्ट गरेर मात्र ल्याउन पाइन्छ ,” प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले इन्जीनियरहरुलाई विकासका काममा ढिलाइ गर्न नुहने र गुणस्तरियतालाई पनि ख्याल गर्नु पर्ने बताउनुभएको छ । देश अहिले विकासको महअभियानमा भएकोले यसमा इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने प्रधानमन्त्री ओलीले जोड थियो। सरकारलाई जनताले देश अघि बढाउने अधिकार सहितको अभिभारा सुम्पिएकोले त्यसबाट दाँयाबाँया नगरिने प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x