एनआरएनए युरोपको ११ औ क्षेत्रीय सम्मेलन सुरु
लक्जेम्बर्ग, १३ साउन । गैर आवासीय नेपाली सघ (एनआरएनए) युरोपको ११ औ युरोप क्षेत्रीय सम्मेलन शनिवारदेखि युरोपको सुन्दर शहर लक्जेम्बर्गमा शुरु भएको छ । नेपालमा पर्यटन, ज्ञान र लगानीको प्रर्वद्धन गर्ने नाराका साथ शुरु भएको सम्मेलनमा नेपालमा युरोप क्षेत्रको लागानी भित्र्याउने, गैर अवासीय नेपालीले यस क्षेत्रमा कृयाशिल हुँदा भोग्नु परेका विभिन्न समस्याहरुका बारेमा छलफल गरी निराकरणका लागि साझा पहल गर्ने उद्देयले शुरु भएको हो । सम्मेलनमा युरोप क्षेत्रका २७ राष्ट, नेपाल र विश्व भरिबाट करिव ४ सयको सहभागिता रहेको छ ।
३ दिनसम्म चल्ने सम्मेलनको क्रममा उर्जा, पर्यटन, लगानी र ज्ञानको प्रर्वद्धन लगायतका विभिन्न विषयहरुमा कार्यपत्रहरु प्रस्तुत गरी छलफल गर्ने कार्यक्रम रहेको छ । परराष्टमन्त्री प्रदीप ज्ञवालीले आइतबार उद्घाटन गर्ने सम्मेलनमा भाग लिन विभिन्न देशका प्रतिनिधि लक्जेम्बर्ग आईसकेका छन् ।