Date

शुक्र, बैशाख ५, २०८२
Fri, April 18, 2025

समृद्धिको लक्ष्य पूरा गर्न निजी क्षेत्रले निर्वाध रुपमा काम गर्न पाउनुपर्छ : अध्यक्ष ढकाल

समृद्धिको लक्ष्य पूरा गर्न निजी क्षेत्रले निर्वाध रुपमा काम गर्न पाउनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं, २८ चैत्र । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारको समृद्धिको लक्ष्य पूरा गर्न निजी क्षेत्रले निर्वाध रुपमा काम गर्न पाउनुपर्ने बताएका छन् ।

महासंघको ५९औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवस २०८१ का अवसरमा बिहीबार आयोजित विशेष सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले भने, ‘अन्तराष्ट्रिय वित्त निगम र महासंघले गत वर्ष गरेको अध्ययनले पनि अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत देखाएको छ । त्यसैले सरकारको समृद्धिको लक्ष्य पुरा गर्न निजी क्षेत्रले निर्वाध रुपमा काम गर्न पाउने विषय पहिलो प्राथमिकतामा हुनुपर्छ ।’

उनाले थपे, ‘सर्वसाधारणको सुखको एउटा आधार पर्याप्त रोजगारी र त्यसबाट हुने अम्दानी हो । जसले आफ्नोसंगै परिवारको आधारभूत आवश्यकता एवं शिक्षा र स्वास्थ्यको चिन्ता लिनुपर्दैन । सर्वप्रथम म सरकारी निकाय, नागरिक समाज, मिडिया लगायत सबै सरोकारवालाहरुलाई निजी क्षेत्रको यो महत्वलाई बुझिदिन आग्रह गर्दछु ।’

विश्वव्यापी नयाँ आर्थिक परिवेशले पनि नेपाललाई फाइदा पुग्ने संकेत गरेको बताउँदै अध्यक्ष ढकालले अमेरिकाले नेपालका प्रतिस्पर्धी मुलुकहरुको तुलनामा निकै कम भन्सार दर तोकेको र यसले नेपालमा लगानी बढ्ने सम्भावनालाई थप बलियो बनाएको उल्लेख गरे ।

अहिलेको अवस्था असहज भए पनि सुधार असम्भव नरहेकोमा जोड दिँदै उनले नेपालले यसअघि ठूला आन्तरिक द्वन्द्वको सहज समाधान गरेको, भूकम्पबाट पुनरुत्थान भएको, सहमतिमै संविधान जारी गरेको र कोभिड महामारीलाई जितेको उदाहरण प्रस्तुत गरे । वर्तमान समस्या पनि समाधान गर्न सकिने र यसमा सरकारको साथ आवश्यक रहेको उनको भनाई छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x