राष्ट्रिय वाणिज्य बैंक र युनाइटेड इन्स्योरेन्स बैंकास्योरेन्स सम्झौता
काठमाडौं, १३ साउन । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र युनाइटेड इन्स्योरेन्स कन्पनी (नेपाल) लिमिटेड बीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । आइतबार भएको सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडका का.मु. प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता भएपश्चात राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुले आफ्नो धितो तथा अन्य सम्पत्तिहरुको बीमा युनाइटेड इन्स्योरेन्सबाट गर्न सक्ने छन् । बैंकको हाल ७४ जिल्लामा २ सय ४ वटा शाखा कार्यालय, १ सय ३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।