Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

अब धितोपत्र दलालबाटै ‘मार्जिन लेण्डिङ’

अब धितोपत्र दलालबाटै ‘मार्जिन लेण्डिङ’

काठमाडौं, १४ साउन । नेपाल राष्ट्र बैंकले धितोपत्र व्यावसायीले मार्जिन लोन दिनसक्ने गरी नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले पेश गरेको मार्जिन लोन सम्बन्धि कार्यविधि स्वीकत गरेको छ । दलाल व्यावसायीले राष्ट्र बैंकको अनुमति लिएर मार्जिन लोन दिनसक्ने गरी अनुमोदन भएको यो व्यवस्थाले अब दलालबाटै मार्जिन लोनको व्यवस्था कार्यान्वयनमा आउन लागेको हो । धितोपत्र बोर्डले तीन महिनाअघि नै नेप्सेले तयार गरेको कार्यविधि स्वीकृत गरी नेपाल राष्ट्र बैंकको स्वीकृति लिएर मात्र कार्यान्वयन गर्न निर्देशन दिएको थियो ।
दलाल व्यवसायी र लगानीकर्ताले लामो समयदेखि मार्जिन कारोबारका लागि माग गर्दै आएको भएपनि गत वर्ष धितोपत्र बोर्डको निर्देशनपछि मात्र नेप्सेले कार्यविधि निर्माण गरेको हो । बोर्डले मार्जिन कारोबारका लागि दलाल व्यवसायी पनि वित्तिय रुपमा मजबुत हुनुपर्ने भन्दै दलाल व्यावसायीको पुँजी दुई करोड रुपैँया पुर्याएको छ । सबै दलाल व्यवसायीले गत आर्थिक वर्षमा नै उक्त पुँजी पुर्याइसकेका छन् । उनीहरुले आफ्नो नेटवर्थको दुई गुणासम्म अर्थात् औसत करिब १० करोड रुपैँयासम्म ऋण दिन सक्छन् । उनीहरुले बैंक तथा वित्तिय संस्थाबाट ऋण लिएर नेप्सेले स्वीकृत गरेका कम्पनीको धितोमा मात्र ऋण दिन सक्नेछन् । यदी धितोको मूल्य ४० प्रतिशतले घटेको खण्डमा उनीहरुले मार्जिन कल गर्न सक्ने र अर्को थप ३० प्रतिशत घटेको खण्डमा धितो लिक्विडेट गर्न सक्ने समेत व्यवस्था कार्यविधिमा छ ।
नेप्सेका महाप्रबन्धक चन्द्रसिंह साउदले अब इच्छुक दलाल व्यवसायीलाई मार्जिन कारोबार गर्न आह्वान गरिने बताए । उनीहरुले यसका लागि नेपाल राष्ट्र बैंकसँग अनुमति लिनुपर्छ ।
दलाल व्यावसायीहरुले यो व्यवस्थाले दोस्रो बजारलाई स्थायित्व दिन सहज हुने र लगानीकर्ताले दलाल व्यवसायीबाटै ऋण प्राप्त गर्न सक्ने भएकाले बैंक तथा वित्तिय सस्थासम्म पुग्नुनपर्ने बताएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x