Date

सोम, बैशाख १, २०८२
Mon, April 14, 2025

राष्ट्र बैंकको नेतृत्वमा नयाँ ऊर्जा : तीन निर्देशक कार्यकारी निर्देशकमा पदोन्नती

राष्ट्र बैंकको नेतृत्वमा नयाँ ऊर्जा : तीन निर्देशक कार्यकारी निर्देशकमा पदोन्नती

काठमाडाैं, ३१ चैत्र । नेपाल राष्ट्र बैंकको उच्च नेतृत्व तहमा नयाँ ऊर्जा थपिएको छ। केन्द्रिय बैंकको पदपूर्ति समितिले तीनजना वरिष्ठ निर्देशकलाई कार्यकारी निर्देशकमा पदोन्नति गर्ने निर्णय गरेको हो।

बढुवा हुनेमा चेतप्रसाद उप्रेती, रोशन कुमार सिग्देल र डा. रामशरण खरेल छन्। उनीहरू क्रमशः गैरबैंकिङ वित्तीय संस्था सुपरिवेक्षण विभाग, सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग, र बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशकको भूमिकामा कार्यरत थिए।

तीन जना कार्यकारी निर्देशक—पिताम्बर भण्डारी, सुमन कुमार अधिकारी र मुकुन्द क्षेत्री—को अवकाशपछि रिक्त रहेको पदमा अब यी तीन पदोन्नत निर्देशकहरू जिम्मेवारी सम्हाल्ने भएका हुन्। पदपूर्ति समितिको आइतबार बसेको बैठकले उनीहरूलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिने निर्णय गरेको हो।

पदोन्नति पश्चात विभागीय जिम्मेवारी पुनः तोकिने राष्ट्र बैंक स्रोतले जनाएको छ।

नयाँ कार्यकारी निर्देशकहरूमध्ये चेतप्रसाद उप्रेतीले गैरबैंकिङ वित्तीय क्षेत्रको नियमन र सुपरिवेक्षणमा लामो अनुभव सँगालिसकेका छन्। सिग्देलले सम्पत्ति व्यवस्थापन तथा सेवामा दक्षता देखाएका छन् भने डा. खरेल बैंक तथा वित्तीय संस्था नियमनको क्षेत्रमा सक्रिय छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x