Date

सोम, बैशाख १, २०८२
Mon, April 14, 2025

सेयर बजारमा हल्का ओरालो, कारोबारमा उत्साहजनक वृद्धि– ६ अर्ब २८ करोडको किनबेच

सेयर बजारमा हल्का ओरालो, कारोबारमा उत्साहजनक वृद्धि– ६ अर्ब २८ करोडको किनबेच

काठमाडाैं, ३१ चैत्र । नेपालको सेयर बजारमा आज (आइतबार) झिनाे गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.८४ अंकले घटेर २६६१.८६ विन्दुमा बन्द भएको छ। यो गिरावट ०.३३ प्रतिशतको हो।

आजको कारोबारमा कुल ६ अर्ब २८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने १ कराेड ३१ लाख ८९ हजार ३२८ कित्ता सेयर किनबेच भएका छन् । गत बिहिबार ५ अर्ब ६३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने १ कराेड १३ लाख ८४ हजार ७२५ कित्ता सेयर किनबेच भएकाे थियाे ।

बजारमा आज ८८ कम्पनीको सेयर मूल्य बढेको छ, भने १५७ कम्पनीको सेयर घटेको छ र १ कम्पनीको मूल्य भने स्थिर रह्यो।

यस दिन नेपाल माइक्राे इन्सुरेन्स कम्पनिकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने क्रेष्ट माइक्राे लाइफ इन्सुरेन्स कम्पनि काे सेयर मुल्य ९.९८ प्रतिशतले बढेको छ ।

यस्तै आज विन नेपाल लघुवित्तय वित्तिय संस्थाकने सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x